शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

महावीर पुनको आविष्कार केन्द्रले गरेको कामको प्रशंसा

आइतबार, २६ वैशाख २०७८, २० : ११
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धका लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आज  भएको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन उनले दिनुभएको प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । सो अवसरमा केन्द्रका अध्यक्ष महावीर पुनले कोभिड–१९ को  संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क वितरण गरिसकेको जानकारी दिए । वैज्ञानिक पुनले संकटकालीनावस्थामा त्यही अनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवन रक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप