बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु

समाचार सारांश
- संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव बालकृष्ण ढकालले मतदातालाई गैरजिम्मेवार जवाफ दिएकोमा आलोचना भएको छ।
- ढकालले फेसबुकमा योजनाबारे सोधिएको प्रश्नमा 'बसाइँ सर्नु' भन्ने जवाफ दिएपछि धेरैले विरोध गरेका छन्।
- मोरङ २ बाट निर्वाचित सांसद पोखरेलले ढकाललाई स्वकीय सचिव राख्दा पनि असन्तुष्टि व्यक्त भएको थियो।
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्ववीय सचिव बालकृष्ण ढकालले मतदाताहरुलाई गैरजिम्मेवार जवाफ दिएको भन्दै चर्को आलोचना भइरहेको छ ।
ढकालले विभिन्न मन्त्रालयबाट क्षेत्रमा परेका केहि योजनाहरु फेसबुकमा पोस्ट गरेका थिए । उक्त पोस्टमा 'हाम्रो ठाउँको बाटोचाहिँ नबन्ने हो ?' भन्ने प्रश्नमा उनले गैरजिम्मेवार जवाफ फर्काएका हुन् ।
ढकालको पोस्टमा शमशेर मोक्तानले 'होइन हौ कमरेड, उल्लुघुट्टु-शान्तिपुर बाटो चाहिँ नबन्ने रछ, कुनै नेताले हेरेनन ठिकै छ । ८४ को चुनाव त आउला नि ?' भन्दै कमेन्ट गरेका छन् । मोक्तान नेकपा एमाले रतुवामाई नगरकमिटी सदस्यसमेत हुन् ।
उक्त कमेन्टको जवाफमा ढकालले उनलाई बसाइँ सरेर अन्तै जानु भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । ढकालले भनेका छन्, 'अब घर शान्तिपुरतिर होइन, गाइघाटतिर बसाइँ सार्नुपर्छ हो ।'
ढकालले यस्तो जवाफ दिएपछि धेरैले विरोधमात्र गरेका छैनन् माननीयको पिएको जवाफले उनको क्षमता निर्धारण गरेको र मतदाता चिड्याउने काम गरेको भन्दै आलोचना गरेका छन् । कतिपयले यस्ता जवाफले माननीयकै साख घट्ने तर्क राखेका छन् ।
मोरङ २ बाट निर्वाचित सांसद पोखरेलले केहि समयअघि मात्रै उनलाई स्वकीयसचिव राखेका थिए । उनलाई स्वकीय राख्दा पनि पोखरेलनिकट केही कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा