मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
सारांश
- मुस्ताङको मार्फा-जोमसोम सडकमा कालोपत्रे कार्य सुरु भएको छ, जुन लामो समयदेखि रोकिएको थियो।
- बेनी-जोमसोम सडकखण्ड अन्तर्गत कोवाङ-जोमसोम सडकको ९० प्रतिशत काम पूरा भएको छ, र अहिले मार्फा-जोमसोम खण्डमा कालोपत्रे हुँदैछ।
- यो सडक राष्ट्रिय गौरवको योजना हो, जसले मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म सडक सञ्जाल जोड्नेछ र स्थानीय जनताको आलोचना कम गर्नेछ।
मुस्ताङ। मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे भइरहेको छ । लामो समय रोकिएको कालोपत्रे कार्य गत हप्तादेखि सुरु गरिएको हो ।
उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको सडकअन्तर्गत ७४ किलोमिटर लामो बेनी–जोमसोम सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । रु ७० करोडको लागतमा कोवाङ—मार्फा १७ किमी सडक कालोपत्रे गर्न सम्झौता भएको थियो । कोवाङ–जोमसोम सडकको ९० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदै गर्दा निर्माणमा संलग्न कम्पनीले काम अधुराे छाडेको थियो ।
बेनी–जोमसोम चौथो खण्डको कोवाङ–जोमसोम सडक निर्माणका लागि सुरुवाती ठेक्का पप्पु–गौरी पार्वती, कोशी एण्ड न्यौपाने जेभीसँग सम्झौता भएको थियो । तर सो कम्पनीले सडक निर्माणको काम प्रभावकारी रुपमा अघि बढाउन नसकेपछि काम अधुरै थियो । तर, निर्माण कम्पनी चालु आर्थिक वर्ष सकिन लाग्दा कोवाङ—जोमसोम सडक निर्माणको काममा फर्किएको हो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले कोवाङ–जोमसोम सडकको हालसम्म भौतिक प्रगति ९० प्रतिशत रहेको बताए । हालसम्म कोवाङदेखि टुकुचे र टुकुचे सिरान टोलदेखि मार्फासम्म कालोपत्रे सम्पन्न भएको उनले बताए । जोमसोम कालिपुलदेखि पुथाङ विमानस्थलसम्म आरसीसी तथा कालोपत्रे भएको छ ।
कोवाङ–जोमसोम सडकखण्डको बाँकी (मार्फा–जोमसोम) चार किमी सडक पनि कालोपत्रे गर्न थालिएको छ । राष्ट्रिय गौरवको (मार्फा–जोमसोम) सडक अधुरै रहँदा जनताबाट आलोचना खेप्नु परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । मार्फा–जोमसोम सडक कालोपत्रे भए मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म सडक सञ्जालले जोडिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण