ओलीले राष्ट्रिय सरकारको प्रस्ताव अस्वीकार गरेको बाबुरामको खुलासा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा अस्वीकार गरेका खुलासा गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले आइतबार बिहान ट्वीट गर्दै देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताए । तर वर्तमान / पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव ओलीले अस्वीकार गरेपछि उक्त कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।
भट्टराईले बैशाख २८ गते राति ओलीलाई भेटेका थिए । उनले २९ गते विहान ट्वीटर मार्फत देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका थिए ।
प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं! https://t.co/PPC5YhVfFc
— Baburam Bhattarai (@brb1954) May 16, 2021
एमाले नेता महेश बस्नेतले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि उनको उक्त कुरा खुलाएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, 'प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुँ ।'
अझै पनि धारा ७६ (५) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने भट्टराईको भनाइ छ । काँग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन नसकेपछि ओलीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाएका छन् ।
उनले ३० दिनभित्र बहुमत सिद्ध गर्ने नसकेको खण्डमा संविधानको धारा ७६ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रतिनिधिसभाको सांसदले प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष हादाल
-
हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
-
हेर्नुहाेस् राष्ट्र बैङ्कले आजकाे लागि जारी गरेकाे विदेशी मुद्राको विनिमय दर