हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति

समाचार सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादवले बकर इदको अवसरमा शुभकामना व्यक्त गर्दै मानवताको संरक्षण आवश्यक रहेको बताए।
- उनले धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गरे, जसले सभ्य मानव बनाउन सघाउ पुर्याउँछ।
- उपराष्ट्रपति यादवले इस्लाम धर्ममा रहेका कुरीति र विसंगतिलाई त्याग्न र प्रेम, शान्ति, सद्भाव फैलाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गरेका छन् ।
बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार सबै मानव जातिले गर्न सक्नुपर्दछ ।”
उपराष्ट्रपति यादवले धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्न सघाउ पुग्ने बताए । इस्लाम धर्ममा यो पर्व अत्यन्तै धूमधाम, प्रेम र भाइचाराका साथ मनाउने परम्परा रही आएको छ । बकरीदको नामले समेत मनाइने यो पर्वमा मुसलमानले पैगम्बर हजरत इब्राहिमको स्मरण गर्छन् । हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ । त्याग शब्दलाई इस्लामिक मान्यतामा कुर्बानी भनिन्छ । यस पर्वको मुख्य आधार र मान्यतामध्ये कुर्बानी पनि हो । यसको नैतिक अर्थ–मानिसले आफूभित्रका खराब आचरणलाई कुर्बानी दिनु (त्याग गर्नु) पनि हो । घमण्ड, रिस, राग, लोभ, बेईमानी र कट्टरता त्याग्ने सन्देश पनि यो पर्वले दिन्छ ।
पछिल्लो समय अन्य धर्ममा जस्तै इस्लाममा पनि केही कुरीति, कुसंस्कार, विकृति र विसंगति प्रवेश गरेकाले त्यसलाई परित्याग गर्न जरुरी छ । यसका लागि इस्लाम धर्मभित्र रहेका सकारात्मक दार्शनिक एवं आध्यात्मिक विचारलाई प्रचार–प्रसार गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उनले धार्मिक बुद्धिजीवि तथा समाजका अगुवाले यसका लागि अग्रसरता लिँदै यस धर्मको मूल उद्देश्य– प्रेम, शान्ति, सद्भाव, भाइचारा, सहिष्णुता र त्यागको पवित्र सन्देश फैलाउनुपर्ने आवश्यक पनि औँल्याएका छन्। उनले नेपालको विविध संस्कृति बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई दशकौँयता आत्मसात् गरेको एक सुन्दर समन्वय र सम्मिश्रण रहेको बताए ।
कुनैपनि धर्मले सबैखाले विभेद्को अन्त्य र नकारात्मक भावलाई निषेध गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले धर्मको उद्देश्य त्याग, मन, वचन र कर्मको पवित्रता, अहिंसा, लोकहित, बुद्धि र विवेकबाट निर्धारित कर्ममार्गको महत्वलाई स्थापित गर्नु भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन