ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर पक्षले उपयोग गर्योः महत
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समुहले उपयोग गरेको टिप्पणी गरेका छन् ।
सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको उनको भनाइ छ । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताए ।
मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि महतले लगाए ।
कोरोना संक्रमणको जोखिममा आफूविरुद्ध सडकमा कोही आउन नसक्ने र विरोध हुने प्रतिनिधि सभापनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको बताए ।
प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफूहरुको विश्वास रहेको पनि नेता महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
-
प्रहरीलाई विपद् व्यवस्थापन सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण