सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढका दुई स्थानमा शंकास्पद वस्तु फेला: यातायात अवरुद्ध

शनिबार, १६ मङ्सिर २०७४, १० : ३३
शनिबार, १६ मङ्सिर २०७४

चितवन - मुख्य बजार नारायणगढमा दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ । 

स्थानीय पुल्चोक र शहीदचोकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हाते ग्रिनेटजस्तो देखिने वस्तु निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिसकेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 

सो ग्रिनेटमा इम्प्रोमाइस डिभाइस प्रयोग गरिएको हुन सक्ने उनले बताए । 

सोका कारण केही समय बजार क्षेत्रमा यातायात अवरुद्ध बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप