बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सन नेपाल लाइफ इन्स्योरेन्सको वैशाख २७ गते बुक क्लोज हुने

सोमबार, १७ वैशाख २०८१, १२ : ०२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आगामी वैशाख २७ गते एकदिन सेयर दाखिला खारेज मिति (बुक क्लोज डेट) बन्द हुने भएको छ । 

कम्पनीको अघिल्लो आर्थिक वर्षको साधारण सभाका एकदिन बुक क्लोज मिति बन्द गर्न लागेको हो । 

आइतबार दिउँसो ३ बजे बसेको कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले सातौँ वार्षिक साधारणसभा प्रयोजनका लागि वैशाख २७, २०८१ एकदिन बुक क्लोज बन्द गर्ने निर्णय गरेको हो । 

उक्त जानकारी कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा सेयर बिक्री तथा व्यवस्थापक नेपाल एसबिआई मर्चेण्ट बैंकलाई बोधार्थ जानकारी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप