बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उत्तराखण्डमा वनमा आगो लगाएको आरोपमा नेपाली पक्राउ

सोमबार, १७ वैशाख २०८१, ११ : ४३
सोमबार, १७ वैशाख २०८१

नयाँ दिल्ली । आरक्षित वनमा आगो लगाइरहेको अवस्था उत्तराखण्डमा एक नेपाली मजदूरलाई रंगेहात पक्राउ गरिएको छ । ल्यान्सडाउन वन डिभिजनको कोटद्वार दायरामा पक्राउ परेका अभियुक्तलाई जेल चलान गरिएको छ भने अन्य अभियुक्तविरुद्ध वन ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

भूमि संरक्षण वन डिभिजन ल्यान्सडाउनका वन कर्मचारीले टेकराम नाम गरेका नेपाली मजदुरलाई जङ्गलमा आगो लगाइरहेको अवस्थामा समातेर प्रहरीलाई बुझाएका थिए । उनका अन्य तीन सहयोगीले पनि आरोपीविरुद्ध बयान दिएका छन् ।

आइतबार कुल्हारस्थित नापखेतमा लागेको आगो निभाएर वनकर्मी फर्कँदै गर्दा आगो लगाइरहेको अवस्थामा एक जनालाई रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पर्ने व्यक्तिको हातमा ग्यास लाइटर पनि थियो । 

घटनास्थलबाट केही दूरीमा उनका अन्य तीन सहयोगी पाइपलाइन बिछ्याउने काम गरिरहेका थिए । वनकर्मीहरूले चारै जनालाई दायरा कार्यालय ल्यान्सडाउन लगेका थिए ।

टेकारामले जङ्गलमा आगो लगाएको कुरा साक्षी राजेन्द्र, सतिशकुमार र रञ्जित सिंहले स्वीकार गरेका थिए । चारै जनालाई प्रहरीको जिम्मा लगाइएको छ । जङ्गलमा आगजनी गरेको आरोपमा टेकारामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ । यस विषयमा छिट्टै अग्रिम कारबाही गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप