उत्तराखण्डमा वनमा आगो लगाएको आरोपमा नेपाली पक्राउ
नयाँ दिल्ली । आरक्षित वनमा आगो लगाइरहेको अवस्था उत्तराखण्डमा एक नेपाली मजदूरलाई रंगेहात पक्राउ गरिएको छ । ल्यान्सडाउन वन डिभिजनको कोटद्वार दायरामा पक्राउ परेका अभियुक्तलाई जेल चलान गरिएको छ भने अन्य अभियुक्तविरुद्ध वन ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
भूमि संरक्षण वन डिभिजन ल्यान्सडाउनका वन कर्मचारीले टेकराम नाम गरेका नेपाली मजदुरलाई जङ्गलमा आगो लगाइरहेको अवस्थामा समातेर प्रहरीलाई बुझाएका थिए । उनका अन्य तीन सहयोगीले पनि आरोपीविरुद्ध बयान दिएका छन् ।
आइतबार कुल्हारस्थित नापखेतमा लागेको आगो निभाएर वनकर्मी फर्कँदै गर्दा आगो लगाइरहेको अवस्थामा एक जनालाई रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पर्ने व्यक्तिको हातमा ग्यास लाइटर पनि थियो ।
घटनास्थलबाट केही दूरीमा उनका अन्य तीन सहयोगी पाइपलाइन बिछ्याउने काम गरिरहेका थिए । वनकर्मीहरूले चारै जनालाई दायरा कार्यालय ल्यान्सडाउन लगेका थिए ।
टेकारामले जङ्गलमा आगो लगाएको कुरा साक्षी राजेन्द्र, सतिशकुमार र रञ्जित सिंहले स्वीकार गरेका थिए । चारै जनालाई प्रहरीको जिम्मा लगाइएको छ । जङ्गलमा आगजनी गरेको आरोपमा टेकारामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ । यस विषयमा छिट्टै अग्रिम कारबाही गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण