नयाँबजार नजिकै बिष्णुमती नदीमा नाबालकको शव भेट्टियो
शनिबार, १२ जेठ २०७५, १८ : २४

काठमाडौं । बिष्णुमती नदीमा एक नाबालकको शव बेबारिसे अवस्थामा फेला परेको छ ।
नयाँबजारस्थित चौमती पुल नजिकै नदीको किनारामा नाबालकको शव बेवारिसे अवस्थामा फेला परेको हो ।
केही दिनअघि मात्र बच्चा पाएर फालेको हुनसक्ने स्थानीयले जनाएका छन् । स्थानीयले देख्नासाथ प्रहरीलाई जानकारी गराइएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोली पुगेको छ । बेवारिसे अवस्थामा भेटिएको नाबालकको शवबारे प्रहरीले अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम
-
गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता