पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले भारतको जम्मु कश्मीरस्थित पहलगाममा २२ अप्रिल २०२५ का दिन भएको आतंकवादी हमलाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको घोर निन्दा गरेको छ ।
जसपाका प्रवक्ता मनिष सुमनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उक्त हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना पर्यटकको जघन्य हत्या गरिएको छ, जुन मानवता विरोधी तथा आतङ्ककारी कार्य हो ।“
विज्ञप्तिमा आतङ्कवादको कुनै जात, धर्म वा राष्ट्रियता नहुने उल्लेख गर्दै जसपाले यस्ता क्रुर र बर्बर गतिविधिको कडाइका साथ विरोध जनाएको छ । पार्टीले आतङ्कवादको कुनै पनि रूप कदापि स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।
दक्षिण एशियाली क्षेत्रमा चुलिंदो द्वन्द्वात्मक अवस्था, राजनीतिक अस्थिरता र आपसी अविश्वासले क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा गम्भीर असर पार्ने खतरा बढिरहेको भन्दै जसपाले गहिरो चिन्ता व्यक्त गरेको छ ।
पार्टीले समस्त दक्षिण एशियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
“हाम्रो पार्टी सधैं शान्तिपूर्ण सहअस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध छ र आगामी दिनमा पनि यस्तै मान्यताका साथ अघि बढ्नेछ,“ विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण