गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

काठमाडौँ । इजरायली सेनाको शुक्रबार जारी वक्तव्यअनुसार, गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
पहिलो आक्रमणमा, २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिशाई उरबाचको ज्यान गएको थियो, जब हामासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड) प्रहार गरेका थिए ।
उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । सो हमलामा दुई अन्य सैनिक घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।
दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्याङ्कमा भएको विष्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्याङ्कलाई लक्षित गरिएको थियो । ट्याङ्कमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।
हामासले यी दुबै आक्रमणको जिम्मेवारी लिँदै टेलिग्राममार्फत उनका लडाकुहरूले पूर्वी राफाहस्थित एक घरभित्र १२ इजरायली सैनिकहरूलाई लक्षित गरी दुईवटा आरपीजी प्रहार गरेका जानकारी दिएको छ ।
गाजामा जारी स्थल आक्रमण अभियानका क्रममा हालसम्म ज्यान गुमाएका इजरायली सैनिकको सङ्ख्या ४१८ पुगेको छ ।
यसैबीच, इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीले शुक्रबार गाजामा मानवीय सहायता वितरण छिट्टै सुरु हुने पुष्टि गरे ।
जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहायता वितरणमा निजी सुरक्षाकर्मीहरू परिचालित हुनेछन्, भने इजरायली सेनाले सुरक्षा व्यवस्थापनको जिम्मा लिनेछ ।
हकाबीले यो अभियान हामासलाई सहायता वितरणमा हस्तक्षेप गर्न नदिनका लागि डिजाइन गरिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानका विदेशमन्त्रीले भने, ‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’
-
ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’
-
मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्
-
लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, ऐरी बने उपकप्तान
-
ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : पुन
-
वज्रपात