गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते
काठमाडौँ । इजरायली सेनाको शुक्रबार जारी वक्तव्यअनुसार, गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
पहिलो आक्रमणमा, २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिशाई उरबाचको ज्यान गएको थियो, जब हामासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड) प्रहार गरेका थिए ।
उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । सो हमलामा दुई अन्य सैनिक घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।
दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्याङ्कमा भएको विष्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्याङ्कलाई लक्षित गरिएको थियो । ट्याङ्कमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।
हामासले यी दुबै आक्रमणको जिम्मेवारी लिँदै टेलिग्राममार्फत उनका लडाकुहरूले पूर्वी राफाहस्थित एक घरभित्र १२ इजरायली सैनिकहरूलाई लक्षित गरी दुईवटा आरपीजी प्रहार गरेका जानकारी दिएको छ ।
गाजामा जारी स्थल आक्रमण अभियानका क्रममा हालसम्म ज्यान गुमाएका इजरायली सैनिकको सङ्ख्या ४१८ पुगेको छ ।
यसैबीच, इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीले शुक्रबार गाजामा मानवीय सहायता वितरण छिट्टै सुरु हुने पुष्टि गरे ।
जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहायता वितरणमा निजी सुरक्षाकर्मीहरू परिचालित हुनेछन्, भने इजरायली सेनाले सुरक्षा व्यवस्थापनको जिम्मा लिनेछ ।
हकाबीले यो अभियान हामासलाई सहायता वितरणमा हस्तक्षेप गर्न नदिनका लागि डिजाइन गरिएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण