वडा सदस्यमाथि युवती बलात्कार गरेको आरोप
–रामहरि श्रेष्ठ
ओखलढुंगा– ओखलढुंगामा एक युवतीले स्थानीय तहका जनप्रतिनिधिबाट आफु बलात्कृत भएको आरोप लगाएकी छिन् । जिल्लाको लिखु गाउँपालिका ३ की एक युवतीले वडा सदस्यबाट आफु बलात्कृत भएको आरोप लगाएकी हुन् । उनले ईट्टा भट्टामा काम गर्ने क्रममा बिहिबार लिखु ३ का वडा सदस्य बिष्णु श्रेष्ठले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।
इँट्टा भट्टामा श्रीमानसँगै काम गर्दै आएकी उनले आफु बलात्कृत भएको दाबी गर्दै प्रहरी तथा वडा कार्यालयमा जाहेरी दिएकी छिन् । बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ भने सम्पर्कविहिन भएको लिखु गाउँपालिका ३ का वडा अध्यक्ष गोपाल खड्काले बताए ।
उनले आरोप लागेका पीडक पक्ष सम्पर्कमा नआएसम्म घटनाको बिषयमा यर्थात बाहिर नआउने बताए । युवती श्रीमानसँगै इँट्टा भट्टामा खाना बनाउने काम गर्दै आएकी थिइन् । वडा सदस्य श्रेष्ठ भने बिहिबारबाटै फरार रहेका छन् ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा कागजी रुपमा जाहेरी आइनपुगेकाले प्रकृयागत रुपमा जाहेरी दिएपछि अनुसन्धान गरिने ओखलढुंगा प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
-
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन