अदालत
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
आइतबार, २८ वैशाख २०८२, १६ : ५४
काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आइतबार हेर्दाहेर्दैमा राखिएको छ । पछिल्ला सुनुवाइमा रिटमाथि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।
गत वैशाख ७ देखि १० गतेसम्म दिनहूँ सुनुवाइ भैरहेको संवैधानिक नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित भएको थियो।
रिटमाथिको सुनुवाइ आजदेखि पुनस् प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपना प्रधानमल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुरु भएको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो ।उक्त नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण