‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
आइतबार, २८ वैशाख २०८२, १६ : २५
काठमाडौँ । ‘ऊनको स्वीटर’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको सुरुवात सुखद गर्न सफल भएको छ । फिल्मले (शुक्रबार र शनिबार) सरकारको आधिकारिक बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार ग्रस कमाइ गरेको छ ।
विपिन कार्की, मिरुना मगर स्टारको मुख्य भुमिका रहेको फिल्मको काठमाडौँ उपत्यका र उपत्यका बाहिर पूर्वेली सहरमा राम्रो देखियो । नवीन चौहान निर्देशित फिल्म अन्तर्जातिय प्रेम कथामा निर्माण भएको हो ।
सोमबार बुद्ध जयन्तीको बिदा भएकाले ‘ऊनको स्वीटर’लाई लाभदायक हुनसक्ने अनुमान छ । यो आर्टमाण्डू प्रा.लिले निर्माण गरेको पहिलो फिचर फिल्म हो ।
‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक प्रेमकथा समेत भनिएको छ । फिल्मको लेखन समेत निर्देशन चौहानले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण