‘चपली हाइट ३’ घोषणा, विनिताको ठाउँमा स्वस्तिमा
काठमाडौं – दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’को तेस्रो संस्करणको रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ ।
मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । निकेशको यस अगाडिको फिल्म ‘फाटेको जुत्ता’ हो ।
सिक्वेल फिल्म भएपनि ‘चपली हाइट ३’मा पहिलो फिल्मको आमिर गौतम मात्र दोहोरीएका छन् । अन्य सबै नयाँ कलाकारको फिल्ममा अभिनय रहने छ । चपली हाइटमा सशक्त अभिनय गर्ने अभिनेत्री बिनिता वरालको स्थानमा यो सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्का छानिएकी छन् ।
अर्जुन कुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नव अभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहनेछ ।
कार्यक्रममा अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेर फिल्मसँग जोडिएको बताइन् । ‘मेरो भूमिका शक्तिशाली लाग्यो’ उनले भनिन्, ‘ब्राण्ड बनेका सिरिजको काम निश्चियनै सुखद हुन्छ ।’
कार्यक्रममा निर्माता अर्जुन कुमारले फिल्मको फष्टलुक समेत सार्वजनिक गर्दै अन्य तीन फिल्म पनि घोषणा गरे । जसको नाम ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ रहेको जानकारी दिए ।
‘चपली हाइट ३’ आगामी चैत्रबाट प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण