इजरायलमा संसदका लागि मतदान शुरु
जेरुसलेम– इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो ।
इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा रहेका छन् । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिनु भएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा रहेका छन्, तर चुनावी मत सर्वेक्षणले उनको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् ।
यस चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ । दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् । इजरायली मतदाताको पछिल्लो रुझान गठबन्धन सरकारतर्फ झुकेको देखिएको छ ।
यसअघि गत अप्रिलमा संसदका लागि आमनिर्वाचन भएको थियो । उक्त चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बन्न सफल भएपनि पूर्ण बहुमत हासिल गर्न असफल रहेको थियो । साना दलको सहयोग लिएर सरकार बनाए पनि अभिगडोर लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो । लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले
संसद बिघटन गरी नयाँ निर्वाचनको मिति तोकेको थिए ।
चुनावी मत सर्वेक्षणमा नतिजामा खासै फेरबदल हुने सम्भावना देखिएको छैन, र लिबरम्यान फेरि पनि सरकार गठनमा मुख्य व्यक्तिका रुपमा देखिँदै छन् । चुनावका लागि मतदान केन्द्रहरु खुला भइसकेका छन् । चुनावको मतगणना स्थानीय समय अनुसार रातभरमा सार्वजनिक भइसक्ने छ । –एपी/photo: news.sky.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण