कपिलवस्तुमा एक महिलाको रहस्यमय मृत्यु, जलाएर हत्या गरेको आरोप
बुधबार, ०१ असोज २०७६, ११ : २०
बुटवल । कपिलवस्तुमा एक महिलाको रहस्यमय रुपमा ज्यान गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी दीपशमशेर जबराले उनका परिवारजनले आफै जलेर मृत्यु भएको बताए पनि माइतीपक्षले आशंका गरे पछि घटनाको छानविन भइरहेको बताए ।
यस्तै प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले उनका श्रीमान जगदिश नाउ र श्रीमति शिलाबीच राम्रो सम्वन्ध नभएको पाईएको बताए ।
कसैले ज्युँदै जलाएर हत्या गरेको आशंकासहित माइतीपक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएको बताइएको छ ।
जगदीश र शिलाको बिबाह पाँच छ बर्ष अघि भएको र बालबच्चा भने नभएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
-
कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण