नयाँ बानेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
बिहीबार, ०२ असोज २०७६, १३ : १९
काठमाडौँ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बुधबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगदसहित पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१ स्थित सचेतनामार्गमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बानेश्वर वृत्तले जनाएको छ ।
रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेतलगायत १० जना नगदसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट १ लाख २३ हजार ८ सय ३५ रुपैयाँ र १४ बुक तास समेत बरामद भएको छ ।
.यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण