बाँकेमा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ
बिहीबार, ०२ असोज २०७६, १३ : २५
बाँके । १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–निबुवा बस्ने मनवीर परियार रहेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा परियारलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी बार्यालय बाँकेले जनाएको छ ।
परियारले बालिकालाई बिवाह गर्ने प्रलोभन देखाई आफ्नो घरमा बोलाई गत २९ गते जबरजस्तीकरणी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोा छ ।
जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण