मलेसियाको जोहोरबारुमा एनआरएनको सम्पर्क कार्यालय खोलियो
मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले श्रमिकहरुको सहजतालाई मध्यनगर गर्दै एक सम्पर्क कार्यालयको स्थापना गरेको छ ।
एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको पहलमा जोहारबारुमा क्षेत्रीय सम्पर्क कार्यालयको स्थापना गरिएको हो । केही पहिले मात्रै भट्टराई एनआरएनए मलेसियाको अध्यक्ष चयन भएका थिए ।
नेपाली कामदार, नेपाली व्यवसायी साथै नेपालमा लगानी गर्न चाहने मलेसियनहरुको सहजताका लागि संघको क्षेत्रीय कार्यालय स्थापना गरिएको भट्टराईले जानकारी दिए ।
उनले नेपालको पर्यटन र नेपालमा लगानी भित्र्याउनका लागि मलेसियाका व्यवसायीसँग निरन्तर सम्पर्क गरेर अगाडि बढ्ने योजना रहेको पनि सुनाए ।
जोहोरबारु क्षेत्रमा सम्पर्क कार्यालय स्थापनाकै क्रममा संघका नवनिर्वाचित पदाधिकारीलाई जोहोरबारु क्षेत्रमा रहेका नेपाली तथा संघका क्षेत्रीय प्रतिनिधिहरुले सम्मानसमेत गरेका थिए ।
मलेसियाको औद्योगिक क्षेत्र मानिने जोहोरबारुमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण