राष्ट्र बैंकले जलायो झण्डै ५ खर्ब बराबरका नोट
काठमाडौं–नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो ।
आर्थिक बर्ष २०७५/०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । नोट पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।
हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो ।
बजारबाट संकलन भएका पुराना तथा झुत्रा नोटहरुलाई टुक्राटुक्रा पारी धुल्याइन्छ । प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई प्रचलनमा आउन नदिन र त्यसको दुरुपयोग रोक्न टुक्रा पारिएका नोटलाई भट्टीमा राखेर जलाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण