सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ्ग सेवा भोजपुरमा
भोजपुर– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुरकोे भोजपुर नगरपालिका हेलौंछामा यहि असोज ७ गतेबाट १०२ ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णु कुमार भुजेलले संयुक्त रुपमा उद्घाटन गरे ।
उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटरसन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण