चिनियाँ राष्ट्रपतिलाई सम्मान र स्वागत गर्न तीब्र प्रतिक्षामा छौँ: सरकारका प्रवक्ता

काठमाडौं– सरकारले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तीव्र प्रतिक्षामा रहेको बताएको छ । बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भ्रमणको मिति तय नभएपनि छिमेकी देशसँगको सम्बन्ध नयाँ उचाईमा पुग्ने गरी हुने भ्रमणको नेपाली मन र सरकाले स्वागत र सम्मान गर्न तयार रहेको बताए ।
उनले चीन समस्यारहित सम्बन्ध रहेको मुलुक रहेको बताउँदै नेपालले कुटनीतिक सञ्चालनका क्रमामा सरकारले उच्चस्तीय भ्रमण आदान प्रदानलाई प्राथमितामा राखेको बताए । उनले भने– ‘यसखालका उच्चस्तरीय भ्रमण भइरहन्छ । उत्तरी, दक्षिणी वा यूरोपियन देशबाट उच्चस्तीय भ्रमण भइराख्नुपर्छ भन्नेमा हामी छौँ । नेपालको हित, दूई देशको हितका विषयमा हुने भ्रमणको स्वागत गर्न सरकार प्रतिक्षामा छ ।’
उनले विश्व अर्थतन्त्रमा अग्रणी स्थान हासिल गरेको देशबाट नेपालले पनि लाभ हासिल गर्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्की र चिनिया राजदूत सोङबीच भेटवार्ता
-
बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
स्कटल्याण्डसँगकाे टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा
-
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत
-
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
-
वैकल्पिक राजनीतिको अर्जुनदृष्टि : राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धि