चिनियाँ राष्ट्रपतिलाई सम्मान र स्वागत गर्न तीब्र प्रतिक्षामा छौँ: सरकारका प्रवक्ता
काठमाडौं– सरकारले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तीव्र प्रतिक्षामा रहेको बताएको छ । बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भ्रमणको मिति तय नभएपनि छिमेकी देशसँगको सम्बन्ध नयाँ उचाईमा पुग्ने गरी हुने भ्रमणको नेपाली मन र सरकाले स्वागत र सम्मान गर्न तयार रहेको बताए ।
उनले चीन समस्यारहित सम्बन्ध रहेको मुलुक रहेको बताउँदै नेपालले कुटनीतिक सञ्चालनका क्रमामा सरकारले उच्चस्तीय भ्रमण आदान प्रदानलाई प्राथमितामा राखेको बताए । उनले भने– ‘यसखालका उच्चस्तरीय भ्रमण भइरहन्छ । उत्तरी, दक्षिणी वा यूरोपियन देशबाट उच्चस्तीय भ्रमण भइराख्नुपर्छ भन्नेमा हामी छौँ । नेपालको हित, दूई देशको हितका विषयमा हुने भ्रमणको स्वागत गर्न सरकार प्रतिक्षामा छ ।’
उनले विश्व अर्थतन्त्रमा अग्रणी स्थान हासिल गरेको देशबाट नेपालले पनि लाभ हासिल गर्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण