शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा लागुऔषधसहित दुई पक्राउ

शुक्रबार, १० असोज २०७६, १० : ५९
शुक्रबार, १० असोज २०७६

निकेश खनाल

बर्दिवास । महोत्तरी प्रहरीले बिहीबार राती महोत्तरीको मनरा सिस्वा नगरपालिका–२ ईटहरवाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–१२ बिजलपुरा टोल घर भएका वर्ष २८ का सुरेन्द्र कुमार महतो र सोही वडा घर भएका वर्ष २८ कै दीलिप महतो रहेका छन । 

दुबै जना ज १२ प ८२०९ नम्बरको मोटरसाइकलमा भारतबाट बर्दिवासतर्फ जाँदै थिए । मनरा सिस्वा नगरपालिका–२ ईटहरवा पुगेपछि प्रहरीको गस्ती टोलीको चेक जाँचमा परी उनीहरु पक्राउ परेका थिए । 

प्रहरीले उनीहरुको झोलाबाट लागु औषध एक्सप्लोन १ सय एम एल को ५० सि सि, एसपास्मो क्याप्सुल ८ थान नाइट्रोजन टयाबलेट १० थान नाईट्रो भेट टयाबलेट १५ थान बरामद गरेको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेकोे बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप