महोत्तरीमा लागुऔषधसहित दुई पक्राउ
शुक्रबार, १० असोज २०७६, १० : ५९
निकेश खनाल
बर्दिवास । महोत्तरी प्रहरीले बिहीबार राती महोत्तरीको मनरा सिस्वा नगरपालिका–२ ईटहरवाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–१२ बिजलपुरा टोल घर भएका वर्ष २८ का सुरेन्द्र कुमार महतो र सोही वडा घर भएका वर्ष २८ कै दीलिप महतो रहेका छन ।
दुबै जना ज १२ प ८२०९ नम्बरको मोटरसाइकलमा भारतबाट बर्दिवासतर्फ जाँदै थिए । मनरा सिस्वा नगरपालिका–२ ईटहरवा पुगेपछि प्रहरीको गस्ती टोलीको चेक जाँचमा परी उनीहरु पक्राउ परेका थिए ।
प्रहरीले उनीहरुको झोलाबाट लागु औषध एक्सप्लोन १ सय एम एल को ५० सि सि, एसपास्मो क्याप्सुल ८ थान नाइट्रोजन टयाबलेट १० थान नाईट्रो भेट टयाबलेट १५ थान बरामद गरेको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेकोे बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण