शोक मनाउन हेटौँडा उपमहानगर मातहतका कार्यालय बन्द
आइतबार, १२ असोज २०७६, १३ : ३४

हेटौंडा–हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो ।
सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । प्रमुख महतले सबै जनप्रतिनिधि र कर्मचारी जम्मा भएर श्रद्धाञ्जलि सभा गर्ने पनि जानकारी दिए ।
क्यान्सरपीडित ३९ वर्षीया खुलालको शनिबार चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नगरपालिका प्राङ्गणमा एक घण्टा राखिएको थियो । आज ३ बजे बौद्ध परम्पराअनुसार उनको पार्थिव शरीरलाई अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै