सेङ र माल्विका च्याम्पियन
काठमाडौं – मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए । यस स्पर्धामा नेपालका प्रिन्स दाहाल र भारतका कात्तिकेय सुल्सान कुमार तेस्रो भए ।
यसैगरी महिला एकलको फाइनलमा माल्विकाले भारतकै गायत्री गोपीचन्द पुलेलालाई २१–१४, २१–१८ ले स्तब्ध बनाईन् । सेमिफाइनलमा पराजित भएकी चाइनेज ताइपेईकी यु चेह तेस्रो भइन् । गायत्रीले भने सेमिफाइनलमा जापानकी युरी नाकामुरासँग वाकओभर पाएकी थिइन् ।
यसैगरी पुरुष डबल्सको उपाधि भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले जितेको छ । फाइलमा रोहन र सौरवको जोडीले मलेसियाका इजात फरहान अजहर र जाचेरी चियोङ सियको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हराए ।
मिक्स डबल्सको उपाधि भारतका भेनकाट गरुव प्रसाद र जुही देवानगनको जोडीले जिते । फाइनलमा उक्त जोडीले थाइल्यान्डका बोरनवाटानोउङ फुथापोर्न र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीलाई हराएको हो । बोरनवाटानोउङ र रिरिनको जोडीले दोस्रो सेटको बीचमै खेल त्यागेपछि भेनकाट र जुही विजेता बनेका थिए ।
महिला डबल्सको उपाधि नेपकालका पूरा श्रेष्ठ र नङ्शल तामाङको जोडीले जितेको छ । फाइनलमा पूजा र नङ्शलको जोडीले नेपालकै जेसिका गुरुङ र अनुमाया राईको जोडीलाई २१–१५, २१–१६ ले हराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण