पीएसजीले जित्दा रियल बराबरीमा रोकियो
बुधबार, १५ असोज २०७६, ०९ : ००
च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले शतप्रतिशत जित निकाल्दा स्पेनिस क्लब रियल म्याड्रिड बराबरीमा रोकिएको छ । समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले टर्कीस क्लब गालाटासारेलाई १–० गोलले हरायो ।
टर्कीको इस्तानुबुलमा भएको खेलमा पीएसजीको जितमा माउरो इकार्डीले निर्णायक गोल गरे । इकार्डीले ५२औं मिने पाब्लो सरर्वियाको पासमा गोल गरेका थिए । अर्को खेलमा रियल र बेल्जियम टोली क्लबबर्गले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूहमा लगातार दुई जितसँगै पीएसजीले ६ अंक बनाएको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको क्लबबर्गको दुई अंक छ । गालाटासारे र रियलले समान एक एक अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण