महराले फिर्ता गरे सरकारी सुविधा
बिहीबार, १६ असोज २०७६, १७ : २७
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् ।
सभामुखको हैसियतमा रहँदा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।
महरामाथि संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीमाथि यौनदुव्र्यवहारको आरोप लागेको भिडियो सार्वजनिक भएको थियो ।
शाहीले सो आरोप लगाएको भिडियो सार्वजनिक भएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । यद्यपि शाहीले त्यसको भोलिपल्टै महराले यौन दुर्व्र्यवहार नगरेको भन्न अर्को भिडियो सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण