युएईमा अपलत्र यी ४ नेपाली भन्छन् – यस्तो दशैं हामीलाई नआओस्
युएई –दसैँ मुखैमा छ, विदेसिएका नेपालीहरू दसैँ मनाउन धमाधम नेपाल फर्कँदै छन्। परिवार आफन्तहरूसँगको भेटघाट अनि पर्वमा रमाइलो गर्नै विदेसिएका नेपालीहरूको मुख्य उद्देश्यनै हो। यस्तो चाडवाडमा विदेसिएका नेपालीहरू आफ्नो देश फर्कन नपाउँदा कस्तो होला?
रोजगारीको सिलसिलामा साढे दुई वर्ष पहिले युएई आएका ४ युवाहरू अलपत्र परेका छन्।
युएईको शारहजा स्थित मस्को इन्टरनेश्नल टेक्निकल एलएलसिमा काम गर्दै आएका नवदुर्गा गाँउपालिका,१ कोटेली डढेल्धुराका बहादुर शिंह खत्री, गणेश बहादुर साउद,बिरेन्द्र बहादुर साउद, प्रकाश बहादुर साउद कम्पनीको भिषा समय (ओभर स्टे) सकिएकोले अलपत्र भएका हुन्।
उनीहरूको बिगत ४ महिना देखि कामदार भिषा सकिएको छ, कम्पनीले काम दिएको छैन। ७ महिना देखि तलब नदिएकोले दसैँको मुखमा खान समेत समस्या परेको उनीहरू बताउँछन्। 'हामीलाई दसैँ तिहार त के, एक छाक रोटी खान समेत समस्या भएको छ। घर जान्छु भन्दापनि कम्पनीले कुनै रेस्पोन्स गर्दैन। जब पैसा हुन्छ,अनि मात्र घर पठाउने रे, हामी के गराैं?' पीडित बहादुर सिंह खत्री बताउँछन्। तलब नदिएकोले पसलबाट उदारो लिएका छाैं।
यस्तो दसैँ हामीलाई नआओस्
समस्याको बारेमा नेपाली दूतावासमा जानकारी गराइएको इनास युएईका अध्यक्ष राम तामाङले बताए। पीडितहरू निकै समस्यामा परेका रहेछन्। उनले रातोपाटीसँग भने, केही दिनको लागि वीरेन्द्र बराइली लगायत अन्य केही साथी मिलेर खाद्यान्न सहयोग गरेका छाैं।' यता एनआरएनए अलऐनले पनि पीडितहरूलाई सहयोग गर्ने प्रतिबद्बता जनाएको छ।
इजरायलमा कार्यरत शरिन ख्युबा तामाङले उक्त समस्या बाहिर ल्याएका थिइन्। उनले पीडितहरूलाइ सहयोग गर्न अपील गरेकी थिइन्।
उक्त कम्पनीमा ४ नेपाली सहित २ दर्जन भन्दा बढी कामदारहरू बिचल्लीमा परेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण