चिनियाँ र नेपाली सांसदहरुको सहकार्य बृद्धि गर्ने राष्ट्रपति सीको प्रतिबद्धता
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ पक्ष नेपाली सांसदहरुसँगको संवाद र सहकार्यलाई बृद्धि गर्दै दुई देशको सम्बन्धलाई संयुक्त रुपमा मजबुत बनाउन तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा राष्ट्रपति सीले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता र नेपाली जनताले चीनप्रति देखाएको आत्मीयता र आतिथ्यबाट आफू प्रभावित भएको जिकिर गरेका हुन् ।
सीले चीन र नेपालबीचको मित्रता हिमालयजस्तै उच्च र शानदार रहेको बताउँदै यसले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएको उल्लेख गरे ।
भेटमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिसभाको तर्फबाट राष्ट्रपति सीलाई स्वागत गर्दै उनलाई स्वागत गर्न पाउनु नेपाली जनताको लागि गर्वको विषय भएको बताए ।
चिनियाँ राष्ट्रपति सीको कुशल नेतृत्वमा चीनले उल्लेखनीय उपलब्धिहरु हासिल गरेको बताउँदै तिमिल्सिनाले राष्ट्रको कायाकल्प गर्ने चिनियाँ सपना अवश्य पूरा हुने आशा व्यक्त गरे ।
उनले चीनले नेपाललाई गर्दै आएको दीर्घकालिन र निःस्वार्थ सहयोगका लागि धन्यवाद दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याए । उनले नेपालमा कुनै पनि शक्तिलाई चीन बिरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता पनि जनाए ।
तिमिल्सिनाले नेपाल बेल्ट एण्ड रोड परियोजनामा सहभागी हुन पाउँद भाग्यमानी भएको बताउँदै यो परियोजना अझ ठूलो सफलता हात पार्ने विश्वास व्यक्त गरे ।
उनले नेपालको राष्ट्रय सभा चिनियाँ सांसदहरुसँगको सम्बन्धलाई विस्तार गर्दै नेपाल र चीनको मित्रतालाई अझ प्रबद्र्धन गर्न तयार रहेको जिकिर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण