गोगंबुबाट ४ किलो चरेससहित दुई जना पक्राउ
मङ्गलबार, २८ असोज २०७६, २१ : २४
काठमाडौँ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले ४ किलो अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा गोगंबुबाट चरेससहित दुई जनालाई पक्राउ गरिएको महाराजगञ्ज वृत्तका प्रहरी नायवबउपरीक्षक उमेश लम्सालले जानकारी दिए ।
चेकजाँचको क्रममा जाजरकोट जिल्ला नलगाढ नगरपालिका १ घर भइ हाल चन्द्रागिरी नगरपालिका थानकोट बस्ने बर्ष २३ को भुवन बुढामगर र जाजरकोट जिल्ला नलगाढ नगरपालिका ३ घर भई चन्द्रागिरी थानकोट काठमाडौं बस्ने बर्ष २८ को नवीन प्रकाश पुन ४ किलो अवैध लागुऔषध चरेस सहित पक्राउ परेको लम्सालले बताए ।
पक्राउ गरिएका दुवैलाई थप अनुसन्धान गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण