मन्त्रीका विदेश भ्रमण बाक्लियो
शुक्रबार, ०१ कात्तिक २०७६, ०६ : ४०
संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् ।
अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चीनको हुवेई प्रान्तको उहान र बेइजिङमा हुने दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अर्थमन्त्री युवराज खतिवडा विदेशमै छन् । उन २८ असोजमा अमेरिका प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलमा छन् ।
राष्ट्रपति स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी ओलीको पनि विदेश भ्रमण तयर भएको छ ।
भूमिसुधार तथा सहकारीमन्त्री पद्मा अर्याल चीनको बेइजिङमा छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण