विद्यालय परिसरबाट पेस्तोल बरामद
शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ४५
बारा । प्रहरीले बाराको करैयामाई गाउँपालिका–१ स्थित जनसामुदायिक मावि परिसरबाट पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार विशेष सुराकीको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा पेस्तोल बरामद गरेको हो ।
विद्यालय परिसरको उत्तरपश्चिम कुनामा रहेको सेफ्टी ट्यांकी नजिक कालो प्लास्टिकमा बेरेर ढुंगामुनी लुकाएको अवस्थामा १० इञ्च लामो घरेलु नलकटुवा पेस्तोल बरामद भएको राठौरले जानकारी दिए । उक्त हतियार कसको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण