बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवादका कारण एमालेका चार मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।
- बर्खास्त हुनेहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद छन्।
- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर नेपाली कांग्रेस र एमालेबीच केही दिनदेखि तीव्र विवाद चलिरहेको थियो।
धनगढी । सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।
बर्खास्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।
मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए। तर बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर केही दिनदेखि नेपाली कांग्रेस र एमालेबीच तीव्र विवाद चलिरहेको छ। बजेट पारित गर्न पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन।
मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई बर्खास्त गरेको औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण