दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
सारांश
- राष्ट्रिय युवा सङ्घ नेपालले अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतलाई अविलम्ब विना सर्त रिहाइ गर्न माग गरेको छ ।
- युवा सङ्घले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेतृत्वमाथि गरिएको गिरफ्तारीले सरकार जनताको आवाज सुन्ने क्षमता गुमाउँदै गएको र असहमतिलाई नै अपराधका रूपमा व्याख्या गर्ने मानसिकतामा पुगेको स्पष्ट देखाएको बताएको छ ।
- युवा सङ्घले सरकारले जनआकाङ्क्षा, युवाको भविष्य र लोकतान्त्रिक मूल्य–मान्यताप्रति उदासीन रहेमा उत्पन्न हुने असन्तुष्टि र जनदबाबको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतलाई अविलम्ब विना सर्त रिहाइ गर्न माग गरेको छ । धामीलगायत अनेरास्ववियुका ६ जना नेताहरूलाई प्रहरीले सिंहदरबार दक्षिण गेटमा प्रदर्शनका क्रममा पक्राउ गरेको थियो ।
युवा सङ्घले शान्तिपूर्ण आन्दोलनमा सहभागी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीलगायत विद्यार्थी नेतृत्वमाथि गरिएको गिरफ्तारीले सरकार जनताको आवाज सुन्ने क्षमता गुमाउँदै गएको र असहमतिलाई नै अपराधका रूपमा व्याख्या गर्ने मानसिकतामा पुगेको स्पष्ट देखाएको पनि बताएको छ ।
‘लोकतन्त्रमा सरकारको शक्ति नागरिकलाई मौन बनाउने अधिकारबाट होइन, नागरिकको विश्वासबाट प्राप्त हुन्छ । तर पछिल्ला दिनहरूमा राज्यका निकायहरूको व्यवहार हेर्दा सरकार आफ्नै नागरिकसँग संवाद गर्नुभन्दा शक्ति प्रदर्शनमार्फत भयको वातावरण निर्माण गर्न बढी केन्द्रित देखिन्छ’, युवा सङ्घका अध्यक्ष महाराज गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युवा सङ्घले सरकार जनआकाङ्क्षा, युवाको भविष्य र लोकतान्त्रिक मूल्य–मान्यताप्रति यस्तै उदासीन रहिरहने हो भने त्यसबाट उत्पन्न हुने असन्तुष्टि र जनदबाबको सम्पूर्ण राजनीतिक तथा नैतिक जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण