विराटनगर टाईटन्सको दोस्रो जित, पोखरा पल्टन फेरि पराजित
शुक्रबार, ०१ कात्तिक २०७६, १५ : ४७
काठमाडौं । विराटनगर टाईटन्सले ‘वुमेन च्याम्पियन्स लिग ‘डब्लुसीएल’ टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाईटन्सले लगातार दोस्रो जित निकालेको हो ।
पोखरा पल्टनले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगर टाईटन्सले १५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । उसको जितमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रन जोडेका थिए । त्यस्तै, अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रन जोडे ।
पोखरा पल्टनको भने यो लगातार दोस्रो हार हो ।
बुधबारबाट सुरु भएको प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले ७ लाख नगदसहित पुरस्कार पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण