यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर
आइतबार, ०३ कात्तिक २०७६, १० : ४२
नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक ३) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः