यूएनएफपीएका कार्यकारी निर्देशक नतालिया पहिलोपटक नेपाल भ्रमणमा
काठमाडौं । संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघका उप–महासचिव डा. नतालिया कनेम काठमाडौँ आइपुगेकी छन् ।
कार्यकारी निर्देशकमा दुई वर्ष अघि नियुक्त भएकी डा. कनेमको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । उनीसँगै एशिया र प्रशान्तका लागि यूएनएफपीएका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र यूएनएफपीएका चीफ अफ स्टाफ पियो स्मिथ पनि काठमाडौं आएका छन् ।
सन् २०१९ मा यूएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी) को २५ औं वार्षिकोत्सव मनाइँदै छ । सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा सम्पन्न आइसिपिडी सम्मेलनमा नेपाल लगायत विश्वका १७९ राष्ट्रहरुले हस्ताक्षर गरेका थिए ।
कायरो सम्मेलनको दूरदृष्टि तथा सन् २०३० सम्म यस सम्मेलनको कार्ययोजनाको पूर्ण कार्यान्वयनमा नेपाल सरकारको प्रतिबद्धतामा नेपालले हालसम्म हासिल गरेको उपलब्धीहरुसँग साक्षात्कार हुनका लागि यूएनएफपीएबाट उच्चस्तरीय दुई दिने भ्रमण भएको जनाइएको छ ।
यसका साथै आगामी नोभेम्वर १२ देखि १४ सम्म नैरोबीमा आयोजना हुन लागेको आइसिपिडी २५औं शिखर सम्मेलनमा प्रजनन् अधिकार सुनिश्चिततामा नेतृत्वदायी भूमिकासहित सहभागी हुन सरकारको उच्च तहलाई आमन्त्रण गर्ने उद्देश्य रहेको जनाइएको छ ।
‘नेपालले विगत २५ वर्षमा आइसिपिडी कार्ययोजना अन्तर्गत गम्भीर चुनौतीहरुको वावजुद पनि अत्यन्तै महत्त्वपूर्ण पाइलाहरु चालेको छ,’ कार्यकारी निर्देशक डा. कानेमले भनिन्, ‘कार्ययोजनाका अझै बाँकी अधुरा कामहरुलाई तुरुन्तै सम्बोधन गर्ने समय आइसकेको छ । गत वर्ष नेपाल सरकारले जारी गरेको सुरक्षित मातृत्व र प्रजनन् अधिकार सम्बन्धी ऐन न्यायीक व्यवस्थाको उल्लेखनीय अंश हो । जसले कायरोमा सर्वसहमति भएका लक्ष्य प्राप्तिको प्रयत्नलाई तीव्रता दिन सहयोग गर्छ । साथै यी लक्ष्यहरुलाई आगामी महिना नैरोबीमा पुनः पुष्टि र पुनः प्रतिवद्धता गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण