गस्तीमा रहेका सुरक्षाकर्मीलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते
सोमबार, ०४ कात्तिक २०७६, ११ : ०१
नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका ७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा दुई सशस्त्र प्रहरी र मोटरसाइकल चालक छन् । प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी घाइते भएका हुन् ।
घाइते मोटरसाइकल चालकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
घाइते तीनै जनालाई उपचारको लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको स्थानीय प्रहरीले जनाएको छ । गएराति १२ बजे गस्तीमा खटिएका सुरक्षाकर्मीलाई ठक्कर दिएर ग७प ५२९९ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण