स्टर्लिङको ह्याट्रिकमा सिटीको रवाफ
रहिम स्टर्लिङको ह्याट्रिक सहयोगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग छनोट फुटबमा इटालियन क्लब एटलान्टामाथि रवाफिलो जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत मंगलबार राति भएको खेलमा सिटीले एटलान्टालाई ५–१ गोलले हरायो ।
सिटीले समूहमा अपराजित यात्रा पनि कायम राखेको छ । घरेलु मैदानमा सिटीको फराकिलो जितमा स्टर्लिङले ह्याट्रिक गरे । सर्जियो अगुइरोले दुई गोल गरेका थिए । पाहुना टोलीका एटलान्टाका लागि रुस्लान मालिनोभस्कीले सान्त्वना गोल फर्काएका थिए । सिटी खेलको अन्तिममा १० खेलाडीमा समेटिएपनि सानदार जित निकाल्न सफल भयो ।
खेलमा सुरुवाती अग्रता एटलान्टाले लिएको थियो । २८औं मिनेटमा एटलान्टाका रुस्लान मालिनोभस्कीले पेनाल्टी मार्फत पहिलो गोल गरे । एटलान्टाको अग्रता लामो समय टिकेन । ३४औं मिनेटमा अगुइरोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा अगुइरोले पेनाल्टीमा मार्फत दोस्रो गोल गरे ।
त्यसपछि दोस्रो हाफमा चम्किएका स्टर्लिङले ११ मिनेट भित्र ह्याट्रिक पूरा गरे । उनले ५८औं, ६४औं र ६९औं मिनेटमा गोल गरेका थिए । ८२औं मिनेटमा फिल फोडेन दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । तर एटलान्टाले त्यसको फाइदा उठाउन सकेन ।
जितसँगै समूहको शीर्ष स्थानमा रहेले तीन खेलबाट नौ अंक बनाएको छ । अंकविहिन एटलान्टा अन्तिममा छ । यही समूहको अर्काे खेलमा साख्तर डोनेस्क र डाइनामो जाग्रिबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै समान चार अंक बनाएका साख्तर र डाइनामो क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण