आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ
कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकीप्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताएका छन् ।
आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
जनताको सहयोग, विश्वास जितेर सरकार अघि बढेमा आफ्नै प्रयासले विकास हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उनले गण्डकी प्रदेशमा मात्रै करिब ५० प्रतिशत बिजुली उत्पादन गरी जलविद्युत्को विकास गर्न सकिने बताउँदै गण्डकी प्रदेश धेरै कुरामा अगाडि रहेको चर्चा गरे । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका इन्चार्ज तथा प्रदेशसभा सदस्य मायनाथ अधिकारीले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक प्रचार भइरहेकाले जनतालाई निराश बनाएकाले यस्ता भ्रमलाई हटाएर अघि बढ्दै समाज परिर्वतन गर्नका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने विचार राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण