आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुर्गेश र भिटेन पक्राउबारे सरकारका प्रवक्ता : ‘स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न पाईँदैन’

बिहीबार, ०७ कात्तिक २०७६, १७ : ५७
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले ¥यापर भिटेन र दुर्गेश थापा पक्राउको बचाउ गरेका छन् । बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा उनले नेपाली समाज अहिले जंगली चरणमा नरहेको भन्दै जसले जे बोल्न र जे पनि लेख्न नहुने बताए । 

पछिल्लो समय परिवारका सदस्यसँग बसेर सुन्न नसकिने खालका गीत आएको भन्दै मन्त्री बास्कोटाले स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न नमिल्ने बताए ।  उनले सरकारले गीत गाउनै नपाउने नभनेको बताउँदै दिदी बहिनी परिवारसँग बसेर गीत सुन्न सक्नुहुन्छ ? भनेर प्रश्न समेत गरे । 

मन्त्री बास्कोटाले भने– ‘जहाँसम्म थापाको पश्न उठ्यो । अब थापाले गर्ला, लामाले गर्ला, नेवारले गर्ला, बाहुनले गर्ला जसले गरुन कलाकारिता भनेको समाजको ऐना हो । कहिलेकाही त्यसले इतिहास पनि रचना गर्छ । गाउनै नपाउने भनेर हामीले भनेका छौँ र ? जे पनि गाउँछ भने तपाई आफ्नो दिदी भाई दिदी बहिनी परिवारसँग तिनले गाएको गीत सुन्न सक्नुहुन्छ ? सुन्न कति समाथ्र्य राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ? कतै मुख थुन्नुपर्ने जस्तो हुन्छ कि ? जुनसुकै समाजको एउटा मूल्य पद्धति हुन्छ, त्यसमा कसैले गल्ती नगरुन ।’ 

उनले हरेक देशहरुमा पनि जे पनि गर्न नपाइने भन्दै १८ बर्ष मुनिकाले अमेरिकामा रक्सि किन्न नपाउने उदाहरण दिँदै त्यहाँ नागरिक अधिकार हनन् भयो भनेर जुलुस ननिस्कने बताए ।  उनले भने– ‘अराजकता हैन, अनुशासन चाहिएको छ । हामीले जे भन्छौँ त्यही गर भनेर हामीले भनेका हैनौँ नि । आफ्नो संस्कृतिको चाही रक्षा गर तिमी यो देशको नागरिक भएको हिसाबले । कलाको, गलाको, साहित्यको र आविष्कारमा देशलाई योगदान दिन चाहनुहुन्छ भने कसैले दमन गर्दैन ।’ 

मन्त्री बास्कोटाले भने– ‘अब कसैलाई नगर्नु भनेकै कुरा एकदम नगरी नहुने हो भने मान्छे लगाएर मारे पनि ठिकै छ, जिउँदै भट्टामा हाले पनि ठिकै छ, अरुका छोरी चेली झम्टिएको पनि ठिकै छ, मनपरी बोल्या पनि ठिकै छ, भष्टाचार गरेको पनि झन राम्रै भयो बहादुरी गरेको भयो झन् ठूलो कार्य भयो । हामी कस्तो समाज बनाउन चाहन्छौँ ? हामीले ल्याएको लोकतन्त्र अराजकताको लागि हैन । जुन शान्ति, प्रगति, सुशान्ति, जनताको प्रगति र खुसीयालीका लागि हो ।’

उनले स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न नपाइने बताए । उनले हरेक देशको आफ्नै मौलिक कला साहित्य हुने भन्दै आज पनि बालकृष्ण सम, महाकविका कुरा हुने, राममायणका कुरा हुने, मोतीराम भट्टदेखि आधुनिक दुर्गालाल श्रेष्ठसम्मका कविता सुनिने गरेको बताउँदै भाषाका हिसाबले नेपाली भाषा समृद्ध हुनुपर्नेमा जोड दिए ।  मन्त्री बास्कोटाले भने– ‘शब्दहरु सञ्चारको माध्यम पनि हो, त्यो देशको संस्कृतिको परिचय पनि हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप