त्रिवि उपकुलपतिकोे कार्यालयमा तालाबन्दी
काठमाडौं – विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् । एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो ।
अनुचित ढङ्गले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै आएका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले नियुक्ति सच्याउन माग गर्दै बुधबारसमेत रजिष्टारको कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेविसङ्घका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलन तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाएपछि आन्दोलन गर्नुपरेको बताए ।
त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहीने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको थियो । त्रिविमा नयाँ पदाधिकारी नियुक्तिमा प्राध्यापकले समेत असन्तुष्टि व्यक्त गर्दैआएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण