ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु
शुक्रबार, ०८ कात्तिक २०७६, ०९ : ३८
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा बिहीबार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र ट्याक्टरमा सवार २७ वर्षीय चन्द्र बहादुर विक छन् ।
चौरजहारीबाट सिमेन्ट लोड गरि पुर्तिमकाँडातर्फ जाँदै गरेको भे१त ५१०७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बेलुकी साढे ७ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । घटनास्थलमै मृत फेला परेका दुवै जनाको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण