बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गृह मन्त्रालयका चालकहरूलाई ट्राफिक सचेतना कक्षा

शुक्रबार, ०८ कात्तिक २०७६, १४ : ३६
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृह मन्त्रालयका ३५ सवारी चालक तथा अन्य इच्छुक व्यक्तिलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिएको छ ।  

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले  महाशाखाको नेतृत्व समाल्ने वित्तिकै ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका थिए । त्यसमध्ये ट्राफिक नियम पालना गर्ने कुरालाई आमनागरिककै चाहनाको रुपमा लैजान ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने पनि थियो ।

सोही अनुरूप गृह मन्त्रालयका ३५ जना सवारी चालक तथा अन्य ईच्छुक व्यक्तिहरूलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको हो ।

ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा महाशाखाका प्रमुख ढकालले जोड दिए । सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन पनि उनले आग्रह गरे ।

यो सचेतना कक्षा निरन्तर सञ्चालन गरी अन्य मन्त्रालयका सवारी चालकहरूलाई पनि दिइने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप