बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

टेनिस प्रतियोगितामा भाग लिन राप्रपा अध्यक्ष थापा चीन प्रस्थान

शुक्रबार, ०८ कात्तिक २०७६, १६ : २१
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चीन तर्फ प्रस्थान गरेका छन् ।

आइटीएफ ग्रेड वान टुर्नामेन्ट अन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग  लिन थापा आज त्यस तर्फ प्रस्थान गरेका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन् । अध्यक्ष थापा कार्तिक १४ गते स्वदेश फर्कने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप