मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपीडितका लागि कपिलवस्तुमा अघि बढ्दै सहयोगी हातहरु..

बिहीबार, ०१ भदौ २०७४, ०७ : ४५
बिहीबार, ०१ भदौ २०७४

कपिलवस्तु - विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुवानबाट प्रभावितका लागि देशैभर राहत संकलन, वितरण भईरहेका बेला कपिलवस्तुबाट पनि सहयोगी हातहरु बढदै छन् ।


बाणगंगामा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले पीडितका लागि राहत सकंलन कार्य सुरु गरेको छ । रोटरीले बाणगंगाको जितपुर क्षेत्रका पसल तथा इच्छुक व्यक्तिबाट राहत सकंलन गरेको हो । बाढीपीडितका नाममा राहत सकंलन गर्न लागिएकोले पनि सर्वसाधारण सहयोग गर्न आतुर देखिएको क्लवका अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

क्लवभित्रका पदाधिकारी तथा सदस्यहरुबाट ५० हजार र अन्य सर्वसाधारणबाट उठेको रकमलाई प्रमुख जिल्ला अधिकारीमार्फत बाढीपिडित रहेका क्षेत्रमा पठाइने क्लवका पीआर डाइरेक्टर टेकराज भुसालले जानकारी दिए ।

यस्तै, रेडियो शिवराज चन्द्रौटाले संकलन गरको राहत सामाग्री बाँकेका पीडितलाई वितरण गरेको छ । करिब तीन लाख बराबरको संकलित राहत सामाग्री जिल्ला प्रशासन कपिलवस्तु र जिल्ला दैविप्रकोप बाँकेको समन्वयमा बाढी पिडितलाई वितरण गरिएको हो । 

गृहमन्त्रालयको पछिल्लो विवरण अनुसार देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ । ३३ जना बेपत्ता छन् भने २५ जना घाइते भएको तथ्यांक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप