बाढीपीडितका लागि कपिलवस्तुमा अघि बढ्दै सहयोगी हातहरु..
कपिलवस्तु - विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुवानबाट प्रभावितका लागि देशैभर राहत संकलन, वितरण भईरहेका बेला कपिलवस्तुबाट पनि सहयोगी हातहरु बढदै छन् ।
बाणगंगामा रहेको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले पीडितका लागि राहत सकंलन कार्य सुरु गरेको छ । रोटरीले बाणगंगाको जितपुर क्षेत्रका पसल तथा इच्छुक व्यक्तिबाट राहत सकंलन गरेको हो । बाढीपीडितका नाममा राहत सकंलन गर्न लागिएकोले पनि सर्वसाधारण सहयोग गर्न आतुर देखिएको क्लवका अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।
क्लवभित्रका पदाधिकारी तथा सदस्यहरुबाट ५० हजार र अन्य सर्वसाधारणबाट उठेको रकमलाई प्रमुख जिल्ला अधिकारीमार्फत बाढीपिडित रहेका क्षेत्रमा पठाइने क्लवका पीआर डाइरेक्टर टेकराज भुसालले जानकारी दिए ।
यस्तै, रेडियो शिवराज चन्द्रौटाले संकलन गरको राहत सामाग्री बाँकेका पीडितलाई वितरण गरेको छ । करिब तीन लाख बराबरको संकलित राहत सामाग्री जिल्ला प्रशासन कपिलवस्तु र जिल्ला दैविप्रकोप बाँकेको समन्वयमा बाढी पिडितलाई वितरण गरिएको हो ।
गृहमन्त्रालयको पछिल्लो विवरण अनुसार देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ । ३३ जना बेपत्ता छन् भने २५ जना घाइते भएको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण