ला लिगाको अंक तालिकामा एट्लेटिकोले बार्सिलोनालाई भेट्टायो
एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओलाई २–० गोलले हरायो ।
यो जितसँगै १० खेल सकेको एट्लेटिकोले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगै समान १९ अंक बनाएको छ । एट्लेटिको गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । एट्लेटिकोले रियल म्याड्रिडलाई भने पछि पारेको छ ।
तेस्रो स्थानमा रहेको रियलको १८ अंक छ । यद्यपि बार्सिलोना र रियलले एट्लेटिकोको तुलनामा एक खेल कम खेलेका छन् ।
घरेलु मैदानमा एट्लेटिकोकोलाई जिताउन २८औं मिनेटमा साउल निगुएजले पहिलो गोल गरे । ६४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकाको अग्रता दोब्बर बनाए । एट्लेटिकोसँग हारेको बिल्बाओ १३ अंकसहित १०औं स्थानमा छ ।
लिगको अर्को खेलमा रियल भालाडोलिडले इबरलाई २–० र लेगानेसले मालोर्कालाई १–० गोलले पराजित गरेको छ । जितसँगै १४ अंक बनाएको भालाडोलिड आठौं स्थानमा छ । नौ अंक बनाएको इबर १६औं स्थानमा छ । पहिलो जित निकालेको लेगानेस पाँच अंकसहित रेलिगेसनको मारमा छ । १० अंक बनाएको मालोर्का १५औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण