मापसे गरेर बस चलाउँदा दुर्घटना, एकको मृत्यु, एक घाइते
भक्तपुर नगरपालिका– १० कमलविनायक स्टार बैङ्केट अगाडि बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नं को बसले सडक छेउमा पार्किङ गरी राखेको बा७०प ६१९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको छ ।
ठक्करबाट घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
मोटरसाइकललाई ठक्कर दिएको बसले अनियन्त्रित भई पुनःपैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने १८ वर्षीय विशाल तामाङको उपचार भइरहेको उनले जानकारी दिए ।
प्रहरीले दुमादक पदार्थ सेवन गरी सवारी चलाउने बस चालक भक्तपुर नगरपालिका– १० कमलविनायक बस्ने ४० वर्षीय बलराम ज्याखोलाई पक्राउ गरी अनुसन्धान जारी राखेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण